
स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताए । दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट–१ बस्ने ३४ वर्षीया सातुमा खातुन र उनकी १० वर्षकी छोरी अफ्रिया खातुन छन् ।
यस्तै, भीरकोट–१ कै ३१ वर्षीय मजबुन मियाँ, निजका तीन वर्षका छोरा महम्मद मियाँ, निजकी १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit