
ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।
बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।
संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी छन् ।
भारतको तर्फबाट भारत सरकारका ऊर्जासचिव आलोक कुमार र नेपालस्थित भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी छन् । आजदेखि सुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । बैठक भोलि (शुक्रबार) सम्म चल्नेछ ।
भारतका ऊर्जासचिव आलोक कुमारले बिहीबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit