Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

कानुनी राज्य लोकतन्त्रको आधारशीला हो : प्रधानमन्त्री 

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन् ।

 

 

बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान काननहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उनले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरेका छन् ।मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताएका छन् । 

 

 

‘विधिको शासन, कानूनी राज्य लोकतन्त्रको आधारशिला हो । मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ । तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्त्वपूर्ण जिम्मेवारी अन्र्तगत पर्दछ । अपराध संहिता लगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानूनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलहरुको महत्त्वपूर्ण भुमिका हुनेछ’ उनले भने ।

 

 

महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उनको भनाइ छ । उनले कानुनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै