
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् ।
बुधबार काठमाण्डौमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् । उनले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणली मार्फत ल्याउने नीति सरकारले बनाउनु पर्ने धारणा राखेका छन् । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुनबताएका छन् । उनले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताएका छन् ।
‘तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो । अहिले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स समेत बैंकिङ प्राणली भन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन्। अहिले तरलताको समस्या केही मात्रामा रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था छैन्। अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउनु स्वभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउँछ। कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ । अब बैंकहरु पनि सन्तुलित भएर जान जरुरी छ’ उनले भने ।
त्यस्तै, डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताएका छन् । उनले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताएका छन् । उनले राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र कुन कुन हुन भनेर छुट्याई दिनु पर्ने बताएका छन् ।
‘अब बैंकहरुले पनि कर्जा लगानी गर्दा उत्पादन क्षेत्रमा बढी गर्ने प्रयास गर्ने तयारी गछौं । तर, पछिल्लो समय बैंकहरुले उत्पादन मुलक क्षेत्र भन्दा बाहिर धेरै लगानी गरेर मात्रै बजार तरलता अभाव भएको होइन । बैंकहरुमा ५२ प्रतिशत फिक्स डिपोजिट र २२ प्रतिशत मात्रै चलायमान कर्जा प्रवाह रहेको छ । कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको हो । अहिले कुन उत्पादन क्षृेत्र हो भन्ने समस्या रहेकाले राष्ट्र बैंकले उत्पादनका क्षेत्र छुटयाई दिनुपर्छ । अहिले बैंकहरुले १५ प्रतिशत उत्पादन क्षेत्रमा कर्जा लगानी गरिरहृेका छन्। कृषिमा ८ प्रतिशत,होलसेल तथा रिटेलमा २० प्रतिशत कर्जा लगानी बैंकले गरेका छन्’ उनले भने ।
त्यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको बताएका छन् । उनले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताएका छन् । उनले वित्तीय संस्थाहरुले उत्पादनका क्षेत्रमा कर्जा लगानी गर्ने गरेको बताएका छन् ।
‘नेपालमा कुन क्षेत्रलाई उत्पादनको क्षेत्र मान्ने छुट्याउन नसिएको छैन । राष्ट्र बैंकले नै यसलाई तोकि दिनुपर्छ । नेपालमा एसेम्बल गर्ने वस्तु आयात हुन्छ । आयात गरेर नेपालमा नै बस्तु उत्पादन गरिन्छ । त्यस्ता उद्योगलाई उत्पादन उद्योग मान्नेकी नमान्ने । अहिले हामीले घरजग्गा,रियल स्टेटको कारोबारलाई अनउत्पादन क्षेत्रमा राखेका छौं । तर, सिमेन्ट,डन्डीहरु प्रयोग गछौं’ उनले भने ।
उनले बजारमा रहेको तरलता व्यवस्थापन गर्न विदेशबाट आउने रेमिटेन्सलाई बैकिङ खाताबाट मार्फत पठाउने व्यवस्था लागू गर्नु जरुरी रहेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit