Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला


पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

 

कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी उद्योगतर्फका उपाध्यक्ष थिए । तेत्तीसौं अधिवेशनबाट संघमा चार उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिएका हुन् ।

 

 

पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका छन् । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत चयन भएका छन् । 

 

 

शनिबार भएको मतदानमा कुल तीन हजार ५४ मतदातामध्ये दुई हजार ३६५ मत खसेका थिए । उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग)तर्फ गोकर्ण कार्की निर्वाचित भए । यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भए । 

 

 

अधिवेशनमा १० सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकामा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बाँस्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ्ग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बाँस्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । 

 

 

वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले व्यवसायीको साझा उम्मेदवार बनेर अग्रज अनुभव र मार्गनिर्देशनबाट दुई वर्षे कार्यकालमा व्यवसायीको हक हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

उद्यमीहरु निर्वाचनमा ब्यस्त भइरहँदा शेयर बजारमा नयाँ छलाङ

शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो...

पुस २८, २०७७