
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् ।
विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाएका छन् । सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका–ईयु साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्न सँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गरेका छन् ।
उनीहरुले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिँदै युक्रेन विरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी संघको लागि ठूलो मूल्य चुकाउँनु पर्नेमा जोड दिइएको छ । लिथुनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ ।
'उहाँहरूले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ' प्रवक्ताले भने ।
लिथुनिया र चीन बीचको विवाद यस वर्षको शुरुमा लिथुनिया पूर्वी युरोपको ‘१७+१’ ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एक मात्र युरोपेली देश बन्यो। । फलस्वरूप गत अगस्टमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो त्यस लगत्तै प्रतिक्रियास्वरूप लिथुनियाले पनि सेप्टेम्बरमा सोही कदम चाल्यो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit