
सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर खरिदको प्रस्ताव गरेका थिए ।
सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ता जम्मा गरेको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी अमेरिका बाहिरका छन् ।
मस्कले हालको अवस्थामा ट्वीटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका छन् । उनले नक्कली खाता हटाउने तथा कैयौं प्रतिबन्धलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनका लागि आह्वान गरेका छन् । ट्वीटरले सुरुमा मस्कले प्रस्ताव अस्वीकार गरेको थियो ।
फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २ खर्ब ७३ अर्ब ६० करोड डलर छ । उनी विद्युतीय सवारीसाधन निर्माता टेस्लाको मुख्य शेयरधनी पनि हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit