Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नैतिकता गुमाएर राजनीति नहुने भन्दै स्वविवेकमा मत हाल्न कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । 

 

मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेकले मत हाल्नुपर्ने बताएका हुन् । 

 

महाधिवेशनका प्रतिनिधिहरु आफैं नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै नेता कोइरालाले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तरआत्माले भने बमोजिम मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।

 

उनले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने धारणा पनि व्यक्त गरे । 

 

‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता भन्ने कुरामा म अत्यन्त विश्वास गर्छु । नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने कुरापनि यहाँहरुको माझमा राख्न चाहान्छु । महाधिवेशनका प्रतिनिधिहरु आफैँ नेता हो नेपाली कांग्रेसका ।  उहाँहरुले जुन भोट दिनुहुन्छ आज, दोस्रो चरणको मतदान जुन हुन गइराखेको छ । उहाँहरुले आफ्नो मनको अन्तरआत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । आफ्नो विवेक प्रयोग गर्नुस् । र आफ्नो मनको अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिविम्बित गर्नुस् भन्नेकुरा राख्न चाहान्छु,’ उनले भने ।

 

नेता कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको बताए । उनले कांग्रेसलाई व्यवस्थित ढंगले अगाडी बढाउने प्रयास गर्ने पनि उल्लेख गरे । कांग्रेसभित्र रुपान्तरण र पुर्नजागरण ल्याउने आफ्नो एजेण्डालाई तार्किक निष्कर्षमा पु¥याउने उनको भनाई छ । 

 

‘म नेपाली कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरिराखेको छु । व्यवस्थित नेपाली कांग्रेसभित्र जुन अव्यवस्थाको चाङ लागेको छ, त्यसलाई व्यवस्थित ढंगले अगाडी बढाउने प्रयास पक्कैपनि गर्छु । मैले आजसम्म रुपान्तरण र पुर्नजागरणका कुरा गरेर आइराख्या छु यो चार, पाँच वर्षदेखि । त्यसलाई तार्किक निष्कर्षमा पु¥याउने मैले सोच बनाएको छु । र हाम्रो टिम जुन छ, त्यसले त्यसमा पक्कैपनि हामी मिलेर काम गर्छौ भन्ने कुरा तपाइहरुको माझमा राख्न चाहान्छु,’ कोइरालाले भने ।

 

उनले दोस्रो चरणको निर्वाचनबाट आउने जुनसुकै परिणाम सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र बृहत्तर एकताको प्रयास गर्ने बताए । नेता कोइरालाले पहिलो चरणको निर्वाचनमा आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुप्रति कृतज्ञता पनि व्यक्त गरे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । 

मङ्सिर २८, २०७८