Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । 

 


परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।

 

 

असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदतावासको सहयोग छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रस्तावलाई प्रस्तुतिको अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ । 

 


 यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।

 


स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवालाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ । 

 


कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ  । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै