Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

५५ करोडभन्दा बढीको सुर्ती आयात 

चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ ।

 

भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्तीजन्य पदाथर्ग आयात भएको हो । 

 


भन्सार विभागका अनुसार उक्त ९ महिनाको अवधिमा दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ ।

 

त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटर पाइप टोबाको १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ ।

 

यस्तै चुरोट (फिल्टर नभएको) १० लाख (एसटिके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटिके) बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख ४७ हजार रुपैयाँबराबरको राजस्व सङ्कलन गरेको छ ।

 

इलेक्ट्रिक सिगरेटमात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क १ करोड ३३ लाख २९ हजार रुपैयाँ छ । सरकारले राजस्वबाट ८३ लाख सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै