Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान

मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान सुरु हुने भएको छ ।

 

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले ट्विट गर्दै मंगलबारदेखि काठमाडौँ–कोलम्बो सिधा हवाई उडान सुरु हुने जानकारी दिएकी छन् ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिएका छन् । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौँ–कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

 

काठमाडौँ–कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै