Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

एमालेको संसद अवरोधका बीच नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ । 

 

 

एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो ।

 

 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ पेस गरेका थिए भने भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेस गरेकी थिइन् । तर ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै