Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ? प्रशासनको यस्तो छ जवाफ

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख उमाकान्त अधिकारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । 

 

 

काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताएका छन् । सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताएका छन् । 

 

 

‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्धत गरिरहेको र यसलाई न्यूनिकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो । यसका साथै अत्यावश्यक काममा हिडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ । तथापि संक्रमणको यो स्तरको वृद्धि हुँदापनि सामाजिक रुपमा त्यसले अझपनि मानिसहरुको आवत्जावत्, हिडडुल, भीडभाड अझपनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरुको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मक्सद हो’ उनले भने ।

 

 

सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारेका छन् । यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिएका छन् । सवारी साधनको चापका कारण भीडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताएका छन् । सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरेका छन् ।

 

 

‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहीँ समस्या छैन । त्यस विषयमा हामी छलफल पनि गर्दैछौँ । अन्य हिडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन , यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ । उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो । जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझपनि मानिसहरुमा धारणा नबनिसकेको देखियो । त्यसकारण अत्यावश्यक काममा हिड्ने नागरिकहरुलाई अहिलेपनि अप्ठ्यारो, बाधा छैन । सवारी साधनको सिमिततालाई भीडभाडजन्य गतिविधिमा निरुत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो’ उनले भने ।

 

 

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

1
  • Ynrbbe

    फाल्गुण ३, २०७८

    cheap cialis generic - tadalafil 20mg cheap buy tadalafil 40mg online cheap

प्रतिकृया थप्नुहोस्
  • Ynrbbe

    फाल्गुण ३, २०७८

    cheap cialis generic - tadalafil 20mg cheap buy tadalafil 40mg online cheap

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै