
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ ।
दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीन वटा क्लस्टरको मतगणना बाँकी रहेको बताएका छन् । उनले करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिएका छन् ।
‘तीन वटा क्लस्टरमा आदिवासी जनजाती, दलित र खस आर्य तीन वटै क्लस्टरको करिव दुई हजारको संख्यामा मत गणना बाँकी छ । त्यो मत हामी बेलुकासम्म गनेर सिध्याउँछौँ कि भन्ने आशा गरिरहेको छु । हामी लेटइभिनिङसम्म गणनाको काम सक्नेछौँ’ उनले भने ।
नेपाली कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने व्यवस्था छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit