
न्याय परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । कोरोना संक्रमणका कारण आज बिहान उनको निधन भएको हो ।
संक्रमणका कारण उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत थिए । खड्कालाई गत वर्षको २२ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सदस्यको पदमा नियुक्त गरेकी थिइन् ।
उनी तत्कालीन राजा ज्ञानेन्द शाहले शासन सत्ता हातमा लिँदा सरकारका कानूनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता नियुक्त भएका थिए । त्यसपछि गुमनाम रहेका निरालालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले न्याय परिषद्को सदस्यमा सिफारिस गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit