Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सभामुखको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार, विपक्षीका नाममा कारण देखाउ आदेश 

सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ र अग्राधिकार दिने आदेश गरेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो । 


संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख सापकोटाले शुक्रबार रिट निवेदन दायर गरेका थिए । रिटमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्षी बनाइएको छ ।


रिटमा संवैधानिक आयोगमा हालै नियुक्त भएका पदाधिकारीलाई कामकारबाही गर्न नदिन, नियुक्ति यथास्थितिमा राख्दै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । सभामुख सापकोटाले संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय पनि बदर गर्न माग गरेका छन् । 
उक्त मितिमा ११ संवैधानिक निकायमा पदाधिकारीको लागि परिषदबाट सिफारिस गरिएको निर्णय सार्वजनिक भएको थियो ।


सभामुख सापकोटाले शृंखलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको दाबी गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफु संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको उनले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै