
भक्तपुरको एभरेष्ट यति इन्टरनेशनल प्रालिका सेयरधनी तथा सञ्चालक दीपक कुमार देउवा र अर्का सेयरधनी अचला थापा देउवाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ ।
राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूठा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वितीय विवरणहरु तथा आय विवरणहरु तयारी गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
कम्पनीले भ्याटतर्फ ३ करोड ४० लाख १८ हजार र आयकरतर्फ ६ करोड २७ लाख रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले बिगोबापत ९ करोड ६७ लाख जरिवाना र सजायको मागदाबी गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit