Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

दक्षिण कोरियाली र अमेरिकी राष्ट्रपति बीच शिखर वार्ता

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शनिबार सियोलमा पहिलो शिखर वार्ता भएको छ।

 


यो शिखर सम्मेलन सियोलको केन्द्रीय जिल्ला योङसानमा रहेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । राष्ट्रपति युनले मे १० मा पदबहाली गर्दा राष्ट्रपतिको कार्यालयलाई ब्लू हाउसबाट सो स्थानमा स्थानान्तरण गरेका थिए । 

 


संयुक्त विज्ञप्तिमा जनाइएअनुसार  उक्त वार्तामा दुई  देश बीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो।

 

 


दुई राष्ट्रपतिले सेमीकन्डक्टर, इको–फ्रेन्डली इलेक्ट्रिक वाहन ब्याट्री, आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी, बायोटेक्नोलोजी र स्वायत्त रोबोटिक्सका  साथै साइबर सुरक्षा लगायत महत्त्वपूर्ण र उदीयमान प्रविधिमा आपसी सहयोगलाई गहिरो र फराकिलो बनाउने वाचा समेत व्यक्त गरेका छन् । 

 


राष्ट्रपति युन र बाइडेन रक्षा उद्योगमा द्विपक्षीय सहयोगको बढ्दो सम्भावनालाई आत्मसात् गर्दै रक्षा क्षेत्र आपूर्ति शृङ्खला, संयुक्त विकास र निर्माण जस्ता क्षेत्रमा साझेदारीलाई बलियो बनाउन सहमत भएको बताइएको छ । 

 


यसैगरी अन्तरिक्ष अन्वेषणमा संयुक्त अनुसन्धानलाई बढावा दिन सहमत भएको र संक्रामक रोगको खतरालाई रोक्न, तयारी गर्न र प्रतिक्रिया दिन बहुपक्षीय प्रयासहरूलाई बलियो बनाउन सहयोग गर्ने वाचा व्य गरेका छन् । 

 


राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार दक्षिण कोरिया आइपुगेका हुन् ।

 

अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन् । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै