Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

युक्रेन–रुस द्वन्द्व सुरु भएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ ।  रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ  ।

 

युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ वार्ता भएको किर्बीले थप जानकारी दिएका छन् ।

 

रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा सोइगु र अस्टिनले युक्रेनको अवस्थालगायत अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको जनाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै