
आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायले प्रतिबद्धता गरेका छन् ।
बिहीवार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकबारे जानकारी दिदैँ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको
तयारीको बारेमा छलफल भएको बताउनुभयो । निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताए ।
उनकाअनुसार बैठकमा निर्वाचनको सुरक्षाको विषयलाई लिएर छलफल भएको बताए ।
उनले भने, ‘सबै सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालयको निष्कर्षचाहिँ निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै आ–आफ्नो निकायबाट स्वस्फुर्त रुपमा लाग्ने र यसमा निर्वाचन विरोधमा कोही लाग्यो भने त्यस्तालाई कानुन बमोजिम कारबाही गर्ने भन्ने विषय नै हाम्रो सामूहिक प्रतिबद्धता पनि रह्यो ।’
बैठकमा सुरक्षा निकायहरुका बीचमा हुने समन्वयको सम्बन्धमा पनि छलफल भएको उनले बताए ।
संचार उद्दमी जमिम शाहलाई भारतीय गुप्तचर संस्थाहरुले भारत बिरोधी भएको आरोपमा भाडाका सुटरको प्रयोग गरेर दिन दहाडै हत्या गरे । पछिल्लो समय नेपालमा लागूू औषधका प्रयोगकर्ता बढ...
जव प्रहरीले हत्याको सुपारी लिने सुराक पायो । तब प्रहरी स्पष्ट भयो , यो हत्या नेपालमा बिस्तारै झाङिगन थालेको ‘अनर किलिङ’ को हो भन्नेमा ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit