Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कार्यकक्षमा नै वडाध्यक्षको निधन

सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो । 


बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

 

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए । 


लामा नेकपा माओवादीबाट २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए । स्व लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै