Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै शेयमूल्य बढ्ने कम्पनी

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ । 

 

 

आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएको थियो । 

 

 

एमसीसी संसदमा टेबल भएसँगै सोमबार लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको देखिन्छ । यसरी  सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २ हजार ७१८.५१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स १.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको  छ ।

 

 

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ९२ हजार कित्ता शेयर २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

 

 

सोमबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबै भन्दाबढी २.२४ प्रतिशत बढेको छ । त्यस्तै वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढी बढेको छ ।

 

 

सोमबारको कारोबारमा १० कम्पनीहरु शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यसरी बढेको १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

 

 

त्यस्तै गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशत बढेको छ । सोमबार कारोबार रकमका आधारमा २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै