Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमसीसीले सत्ता गठबन्धन टुट्दैन : प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

 

 

सोमबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।

 

 

‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुप-यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो’ उनले भने ।

 

 

कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै