Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

देश ठग्नेलाई एक साताभित्र कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एक साताभित्रमा कारबाहीको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । 

 

 

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका छन् । उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताएका छन् । 

 

 

‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु’ उनले भने ।

 

 

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफु लागिपरिरहेको बताएका छन् । उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफुले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरेका छन् । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारेका छन् । आफुलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताएका छन् । सो अडियो पूर्ण सत्य नभएको उनले प्रष्टीकरण दिएका छन् ।  

 

 

‘मैले देश र जनताप्रति उत्तरदायी हुनेगरी जनताको शिर निहुरिने गरी मैले कहिल्यै काम गरेको छैन । यहाँहरुलाई थाहा छ, पाँच महिना मेरो कार्यकार पुरा हुँदैछ । बतासदेखि लिएर ठुला पाँच तारेसम्मले अहिलेसम्म राज्यको कर तिरेको छैन । राज्यको कर तिर्नुपर्छ भनेर मैले पटक पटक ताकेता गर्दाखेरी पनि सुनुवाई भएन । र विगतको सरकारका पालामा भएका विकृतिहरु, त्यो फोहोरको डङ्गुरहरु हटाउनको लागि म लागिराखेको छु । यसरी काम गर्दै जाँदा मेरा पछाडी केही तत्वहरु विगतदेखि मेरा पछाडी लागे । म मगरको छोरो । म जनजातिको छोरो । बोल्दाखेरी तलमाथि पर्न जाला तर मेरो मनमा कुनै पाप छैन । म सफा मान्छे । र मेरो रफ्तारलाई कमी गर्नको लागि कुनै तत्वहरुले मलाई उत्तेजित पारेर, मेरा पछि लागेर म पनि एउटा मानव हुँ कतिपय ठाउँमा गल्ती हुन सक्छ । कमी, कमजोरी हुन सक्छ’ उनले भने ।

 

 

‘मान्छेलाई रातदिन सताएर, टेलिफोन गरेर उत्तेजित बनाएपछि एउटा मानवको नाताले मैले पनि भन्न म बाध्य भएँ । तर जतिपनि त्यो अडियोमा बाहिर आएको छ त्यो सतप्रतिशत सत्यता त्यसमा छैन । त्यो विगतको व्यक्तिले मलाई पटक पटक टर्चर गर्ने, रातिराति फोन गर्ने, पैसाको बार्गेनिङ गर्ने त्यस्ताखालका तत्व पटक पटक मलाई उत्तेजित पार्ने काम भएको हुनाले बाध्य भएर मैले खालि एक पटक मात्रै मैले त्यसको जवाफ दिए । तर त्यसलाई इडिट गरेर १७ पटक जोडेछ । त्यो अहिले बाहिर ल्याउने कामहरु भएको छ । म मगरको छोरो हो । भाषा, संस्कृति ममा कमि होला, तर मेरो आत्मा पवित्र छ’ उनले भने ।

 

 

उनले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमी भएपनि आत्मा पवित्र रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै