Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारीमा छौँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएका छन् ।

 

 

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तर्देशीय विद्युत व्यापारमा सहयोग पु-याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताएकी छन् । 

 

 

सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताएकी छन् । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताएकी छन् । 

 

 

‘हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ । करिब दुईहप्ता अगाडीको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ । मन्त्रालय अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर नीजि क्षेत्रलाई पनि विद्युत व्यापारका लागि अनुमति दिने तयारीमा छ । हामी कार्यविधिको ड्राफ्ट गरिराखेका छौँ । त्यसपछि हामी स्टेक होल्डरलाई बोलाउने छौँ र त्यसलाई परिमार्जित गरेपछि एउटा निर्णयमा हामी पुग्नेछौँ । विद्युत व्यापारमा सरकारी र नीजि क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु’ उनले भनिन् ।

 

 

उनले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताएकी छन् । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ । देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु-याउनुपर्ने उनले भनिन् ।

 

 

‘हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानु पर्दछ । हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेको छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेघावाट पु-याउनु पर्दछ । हाल हाम्रो पिक आवरको विद्युत माग करिब १६ सय ५० मेघावाट रहेको छ । सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो’ उनले भनिन् ।

 

 

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको उनले स्पष्ट पारेकी छन् । उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताएकी छन् ।
 

प्रतिक्रिया

1
  • Loggfg

    फाल्गुण ३, २०७८

    oral cialis - cialis 5 mg tadalafil 20mg oral

प्रतिकृया थप्नुहोस्
  • Loggfg

    फाल्गुण ३, २०७८

    oral cialis - cialis 5 mg tadalafil 20mg oral

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै