Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारको लागि सकारात्मक : अनलराज भट्टराई

शेयरबजार विश्लेषक अनलराज भट्टराई

शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् ।

 

 

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली शेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् । उनले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरेका छन् । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र  प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गरेका छन्  । 

 

 

सोमबार न्युज एजेन्सी नेपालसँग उनले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङ्गले नियोजित रुपमा शेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताएका छन् ।  राष्ट्र बैंकले शेयर कर्जामा ४÷१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनले बताएका छन् । भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको उनले दाबी गरेका छन् । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।

 

 

‘शेयर बजारलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअर्धवार्षिक समिक्षाले केही प्रभाव पारेको छैन । किनकी प्रत्यक्ष शेयर कर्जा ८७ अर्ब भइसक्यो । हाम्रो दैनिक शेयर कारोबार ५ देखि ६ अर्बको भइरहेको छ । बीचमा २० अर्बको कारोबार पनि थियो । २० अर्बको कारोबार हुने ६०÷७० अर्बको कर्जा हुने । त्यसैको कारणले बिग्रियो भने ६ दिनको कारोबारले सम्पूर्ण कर्जा पुगेको छ । शेयर कर्जा घटाएको कारणले शेयर बजार बिग्रियो भन्नु त्यो समाचार मात्रै हो । यो संगठित रुपमा नियोगित हिसाबले शेयर बजारमा खेल खेल्नको लागि मौद्रिक नीतिले असर गर्दछ भनिएको हो । जम्मा १६५ तथा करिब ५ सय जना जतिले १२ करोड माथि कर्जा लिएका छन् । ४० लाख मान्छेले शेयर कर्जा नलिकन कारोबार गर्दा उसलाई कहाँ असर प¥यो त ? जसले बढीमा खेल खेलिरहेको छ । जसलाई बढी फाइदा लिनुछ । उनीहरुको हङगामाले गर्दा यस्तो भएको हो । लगानीकर्ता कसैलाई पनि असर परेको छैन’ उनले भने ।

 

 

‘मैंले सन् २००१ देखि शेयरमा लगानी गरेको मलाई बजार तल माथि जाँदा कहिल्यै प्यानिक नै हुनु परेको छैन । लगानीकर्ता आफू सक्षम हुनुप-यो । समाचारको पछि लाग्नु हुँदैन केही फरक पर्दैन। शेयरमा लगानी गरेको ६ वर्षको अवधिमा हेर्दा बैंकमा निक्षेप राखेको भन्दा शेयरमा लगानी गरेको रकम बढी हुन्छ । राष्ट्र बैंकले ४÷१२ करोडको नीतिले ५ सय जनालाई असर ठूलो पर्ने ४ करोड देखि १२ करोड भन्दा कम शेयर कर्जा लिने धेरै रहेका छन । उनीहरुलाई असर नै पर्दैन भने राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गरेको ठाउँमा ठूला लगानीकर्ताहरुले खेलेर आन्दोलन गरेका तर केही फाइदा भएन । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको केही असर होइन ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै हो । कहिले काँही नाफा कमाउन शेयर घाटामा बेच्ने गर्दछन्’ उनले भने ।

 

 

त्यस्तै उनले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने शेयर लगानीकर्ता छुट्याउनु पर्ने बताएका छन् । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लामो समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने उनले बताएका छन् । उनले यस्तो गरे मात्रै शेयर बजार स्थिर हुनसक्ने बताएका छन् । 

 

 

राष्ट्र बैंकले शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको उनले बताएका छन् । उनले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायित्व बनाउने हो बैंकलाई शेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताएका छन् । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण नमिल्ने उनको भनाइ छ । उनले राष्ट्र बैंकको बैैंक ब्याजदर बढाउने नीतिले बजारलाई प्रभाव पार्ने बताएका छन् । राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उनले बताएका छन् ।

 

 

‘सरकारले लगानीकर्तालाई छुट्याउनु पर्छ । लामो समय जसले लगानी गर्नेलाई विभिन्न बेनिफिट दिनुपर्छ । महिना दिन भित्र धेरै कारोबार गर्नेलाई धेरै कर लगाउनु पर्छ । दुईदेखि तीनवर्ष लगानी गर्नेलाई सहुलियत दिँदै जाने हो भने दीर्घकालिन लगानी ल्याउँछ । हाम्रो उद्देश्य पनि शेयर बजारलाई दिर्घकालिन लगानी ल्याउने हो । अहिले शेयर बजारमा चलखेल भएको हो । ४÷१२ करोडको नीतिले धेरैलाई असर नै गदैन’ उनले भने ।

 

 

‘दीर्घकालिन रुपमा शेयर बजारलाई हेर्दा शेयर बजारलाई आजको पाँच वर्ष, १५ वर्ष र ६ महिनामा कस्तो बनाउने गरी विभिन्न अवस्थामा विभिन्न नीति बनाउने गरिन्छ । तर नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले बनाउँदैन । राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने काम गर्ने हो । शेयर बजार ३२ सय वा १२ सयमा आए पनि राष्ट्र बैंकलाई इन्डेक्ससँग मतलब हुँदैन ।  वित्तीय स्थायीत्व बनाउने र बैंकहरुले लगानी गरेको २ सय अर्ब लगानीको जोखिमबाट सजक बनाउने गरी हेर्ने हो । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण गँदैन । तर केही नीतिले असर पार्छ ।बैंकको ब्याजदरको कारण बजार प्रभाव पर्छ। राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन गर्ने होइन। राष्ट्र बैंकको नीति होइन । यो सानो विषय हो’ उनले भने । 

 

तर यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४÷१२ को सिमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताएकी छन् । उनले शेयर बजारमा ४÷१२ को सीमा नै राख्नु पर्ने अवस्था नभएको बताएका छन् । पोखरेलले शेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताएकी छन् ।
 

 

 

उनले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले शेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरेकी छन् । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले ४/१२ को सिमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गरेकी छन् । बजार संधै बढाउने भन्दा पनि शेयर बजार प्रति  सरकारले ल्याउने नीति स्थिर हुनुपर्ने उनले बताएकी छन् ।

 

 

अध्यक्ष पोखरेलले शेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्नु सुझाव दिएकी छन् । उनले जिम्मेवार नेतृत्वले जे कुरा बोल्नुहुन्छ त्यो नै नीति बन्ने भएकाले बजारलाई असर गर्ने उनको भनाइ छ । उनले पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा शेयर बजार प्रति फैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक रुपमा शेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गरेकी छन् । 

 

 

उनले लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक नियकायको कुदृष्टिको कारण लगानीकर्ता डिप्रेसनमा पुग्न लागेको बताएकी छन् । मुलुकमा स्थानीय तहको चुनाब हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएकाले शेयर बजारमा बलेको आगो माथि घ्यु थप्ने काम समेत भएको अध्यक्ष पोखरेलको भनाइ छ । उनले नियामक निकाय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंक चारै तिरबाट शेयर बजारमा नीतिगत प्रहार गर्ने हो भने शेयर बजार सूचक एक हजार मात्रै नभएर २९२ मा पुग्न सक्ने बताएकी छन् ।

 

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कर्जा लगानीमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले समिक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा , जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ । मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रको चिन्ता, संयमता नगुमाउन दलहरुलाई अपिल

कोरोनाका कारण अर्थतन्त्र संकटमा परिरहेका बेला राजनीतिक अस्थिरताको परिणाम थप गम्भीर हुने उनीहरुको भनाइ छ । 

फाल्गुण ९, २०७८