Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

खालिङ बने एभरेष्ट बैंकको पहिलाे नेपाली सीईओ


एभरेष्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङलाई नियुक्त गरेको छ । पञ्जाब नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेको यस बैंकमा यसअघि भारतीय नागरिकले सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

 

सञ्चालक समितिले सीईओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर खालिङलाई नियुक्त गरेको हो । यससँगै खालिङले एभरेष्ट बैंकको पहिलो सीईओको रुपमा इतिहास रचेका छन् । 

 

उनले यसअघि लक्ष्मी बैंकको सीईओको जिम्मेवारी सम्हालिसकेका थिए । उनलाई आगामी साता बैंकको सीईओको रुपमा पदभार ग्रहण गराउने बैंकको तयारी छ । खालिङ सञ्चालकपछि सीईओ हुने कमैमध्येमा समेत परेका छन् ।

 

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि पूरा गरेर बाहिरिएका उनी सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा थिए । लक्ष्मी बैंकअघि उनी स्टान्डर्ड चार्टर्ड बैंकमा कार्यरत थिए । 

 

करिब ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए । खालिङसँग सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै