
विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कञ्चनजंगा अगरबत्तीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।
कम्पनीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो । कोरोना भाइरसको संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको कम्पनीले जनाएको छ ।
‘मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको हो,’ सावित्री कंचनजंगा अगरबत्तीको बजार प्रबन्धक पुष्कर केसी बताउँछन् ।
कोरोना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको र यसले कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित हुन र मास्क लगाउने बानी बसाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।
आगामी दिनहरुमा पनि भीडभाड हुने ठाउँहरुमा निःशुल्क मास्क वितरण गर्ने योजना कम्पनीले लिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit