Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सरकार कमिसनको खेलमा लाग्दा खोप ल्याउन ढिलाइ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिसन खेलमा लाग्दा सरकारले खोप ल्याउन ढिलाइ गरिरहेको बताएका छन् ।

 

सञ्चारकर्मीसँगको कुराकानीमा आज उनले सरकार कमिसनको खेलमा लागेको आरोप लगाएका हुुन् ।

 

‘सरकार नै कमिसन खेलमा लागेका कारण कोरोनाविरूद्ध खोप समयमै ल्याउन नसकेको हो,’ उनले भने ।

 

पहिलो डोज खोप लगाएका १४ लाख नागरिक अहिले दोस्रो डोजको प्रतिक्षामा छन्,’ उनले भने, ’समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा ती जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’

 

उनले जनताको स्वास्थ्यमा सरकारले हेलचेक्र्याइँ गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोभिड संक्रमण नियन्त्रण हुन नसकेको उनको भनाइ छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै