Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ । 

 

बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ ।  

 


बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य बढेको हो । मंगलबार १ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

 

 

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ । त्यस्तै,विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

 

 

बुधबार नेप्से परिसूकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, दुई साता सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेष्डो समृद्ध लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

 

कारोबार रकमका आधारमा १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेष्डो समृद्ध लघुवित्त नै शीर्ष स्थानमा रहेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै