
शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् ।
आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक प्रणाली नै धरासयी भई अराजकतातर्फ जाने सम्भावना भएकोले देशको प्रणालीलाई बचाउनको निम्ति आफू मन्त्रीको रुपमा मन्त्रालयमा आउनुपरेको बताए ।
राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको उनको भनाइ छ । मन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।
सहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको जनाए । सहरी विकास मन्त्रालयले निर्वाचन केन्द्रीत काम गर्ने उनको भनाइ छ । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने मन्त्री साहकाृ भनाइ छ ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए । राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि उनको भनाइ छ ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि ऊर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् पुर्नगठन गरेका थिए । केही नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको छ ।
cost cialis 40mg - cheap tadalafil pills is cialis generic
समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले बनाएको ऐन अनुसार भएको निर्णय कसर...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cost cialis 40mg - cheap tadalafil pills is cialis generic