Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमबीबीएस पढ्दै गरेका युवक शान्तिनगरमा झुन्डिएको अवस्थामा फेला

काठमाडौंको शान्तिनगरमा झुन्डिएको अवस्थामा एक युवक फेला परेका छन् । आइतबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा युवक फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको पहिचान भने खुलिसकेको छैन । 

 

जनकपुर घर भएका ती युवक कोठाभाडामा बस्दै आएका थिए । एमबीबीएस पढ्दै गरेका ती युवक दुई जना साथीसँग बस्दै आएको स्थानीयले बताएका छन् । उनका साथीहरु भने केही दिनअघि कामविशेषले घर गएका थिए । 

 

साथीहरु घर गएपछि युवक २/३ दिनदेखि कोठामा एक्लै थिए । यसबीचमा घटना भएको र थप अनुसन्धान थालेको जानकारी प्रहरीले दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कस्तुरीको बिना सहित तीनजना पक्राउ

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक...

पुस ४, २०७८