
प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा पक्राउ गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
शाहीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय, सल्यानको सहयोगमा ब्युरोले सोमबार पक्राउ गरेको हो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit