Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

कस्तुरीको बिना सहित तीनजना पक्राउ

प्रहरीले बरामद गरेकाे कस्तुरीकाे बिना ।

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो । 

 

प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका– २ का सुकुरदिन मियाँ, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मालाई पक्राउ गरेको हो ।  


उनीहरुका साथबाट खैरो रौंसहित कस्तुरीको ६१ दशमलव ४० ग्राम बिना फेला परेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

प्रतिक्रिया

22
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै