
प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् ।
सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकास पाएका थिए । यसअघि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा उनी कार्यरत थिए ।
प्रभु बैंकको यसअघिको अध्यक्षमा भने देवी प्रकाश भट्टचन रहेका थिए । उनी लामो समयदेखि बैंकको अध्यक्षमा रहे पनि गत पुसमा भएको साधारणसभामा सञ्चालक समेत चयन भएनन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit