Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजानुपर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउनुपर्ने बताएका छन् ।

 

 

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउनुपर्ने बताएका हुन् । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनले बताएका छन् ।

 

 

नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाई विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह गरेका छन् । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनले धारणा राखेका छन् । 

 

 

‘सुनचाँदीको हकमा त्यस्तो खालको सुन नै चिज चाहीँ उत्खनन् गर्न नसकिएतापनि केही उत्पादन हुनसक्ने सम्भावना रहेको र आयातमा हामी भर पर्नु प-या कारणले ‘र’ सुनलाई नेपाल भित्रायौँ भनेपनि नेपाल बाहिर गहनाको रुपमा हामीले उत्पादन गरेर पठाउन सक्यौँ, निर्माण गरेर हाम्रो परम्परागत गहनाहरु छन् । त्यसका आफ्नै मौलिकताहरु छन्’ उनले भने ।

 

 

‘समाजको विकाससँग त्यो समाजको अध्ययन, अन्वेषणका लागि पनि त्यो गहनाको धेरै ठुलो महत्व देखिन्छ । पुरातात्विक महत्व पनि छ । त्यसकारणले अहिले हामीसँग भएका गहनाहरुलाई पनि अन्तर्राष्ट्रिय बजारमा कसरी पु-याउने ? कम्तिमा पनि गहना व्यवसायीहरुले हाम्रा बज्यैहरुले लगाएका गहना त्यसको उपयोगिता के छ, त्यसको ऐतिहासिकता के छ, फर्केर त्यहाँ पुग्दाखेरी त्यसको अन्तर्राष्ट्रिय महत्व हुन्छ कि, अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड पु-याउँछकि त्यतापट्टी पनि तपाईहरुले गर्नुहोला, सरकारले पनि त्यतापट्टी ध्यान दिन्छ’ उनले भने ।

 

 

उनले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताएका छन् । यसका साथै कच्चा सुन किन्दा विदेशी भुमिमा पुगेको पैसा गहना विक्रि गरेसँगै नेपाल फर्किने पनि उनले बताएका छन् । 

 

 

‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्धत पु-याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टी ध्यान दिनुस् । विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस्’ उनले भने ।

 

 

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताएका छन् ।
 

प्रतिक्रिया

1
  • Kxywls

    फाल्गुण २, २०७८

    buy tadalafil pills - cialis 10mg drug brand cialis 20mg

प्रतिकृया थप्नुहोस्
  • Kxywls

    फाल्गुण २, २०७८

    buy tadalafil pills - cialis 10mg drug brand cialis 20mg

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै