Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन 

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् ।

 

उनीहरुलाई  पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् ।  

 

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।  उनीहरुमध्ये तीनजना राज्यमन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । 

 

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन ढिला गरेर सपथ गराइएको हो ।

 

प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।  

 

त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।  

 

उनलाई गठबन्धनका अन्य दलको पनि समर्थन थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै