Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ : भ्लादिमिर पुटिन

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताएका छन् ।  राष्ट्रपति भ्लादिमिर पुटिनले यस विषयमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरेका हुन् ।

 

 

नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै  युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेको र तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएको उनले पत्रकार सम्मेलनमा बताए।

 

 

‘अवश्य पनि हामीले फ्रान्सेली राष्ट्रपतिसँग सबै कुराको बारेमा कुरा गर्यौं, तपाईले देख्न सक्नुहुन्छ, धेरै लामो समयसम्म, लगभग छ घण्टासम्म छलफल भएको थियो’ पुटिनले पत्रकार सम्मलेनमा भने ।

 

 

‘किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको छ र मिन्स्क सम्झौताहरूको पालना गर्न किभले अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएँ’ उनले टिप्पणी गरे ।

 

 

‘निस्सन्देह, मेरो पक्षको लागि, मैले मिन्स्क प्याकेज अन्तर्गतको उपाय र सम्झौताको नर्मन्डी ढाँचामा, शिखर सम्मेलनमा पुगेकाहरू सहितको दायित्वहरू पालना गर्न वर्तमान किभ अधिकारीहरूको अनिच्छाप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छु’ उनले भने ।

 

 

‘हामी आशा गर्छौं कि राष्ट्रपतिले कम्तिमा आज भने जस्तै भोलि कीभ नेतृत्वसँगको बैठकमा युक्रेनी समझौता भित्र युरोपमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने ग्यारेन्टीका मुद्दाहरूमा छलफल गर्न चाहन्छन्’ उनले भने ।

 

 

म्याक्रोनले मंगलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न कीभ जाने योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै