
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन् ।
शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताएकी छन् । सडकमा गुड्ने गाडीको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताएकी छन् ।
रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराएकी छन् । उनले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गरेकी छन् । उनले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराएकी छन् ।
‘तपाईंहरु आफ्नो कम्पनीमा गाडी ल्याउँदाखेरी ध्यान दिनुपर्छ, जथाभाबी गाडी ल्याएर फेरी विक्रि गर्ने होइन । वान ह्यान्ड्स गाडी चलाएको, ट्याक्सीमा चलाएको, भाडामा चलाएको, जर्जर अवस्थाको यसलाइ क्याटेगोरिज् गरेर गाडीलाई पनि ध्यान राख्नुपर्छ । त्यो गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस् । तीन कारणले दुर्घटना हुने गरेको छ । ट्राफिकको कारणले, कन्डिसन नभएको कारणले र राम्रो चालक नभएको कारणले । यी कुरा एक अर्काका पुरक छन् । तर त्यसमा गाडीको दोष हुनुहुदैँन’ उनले भनिन् ।
उनले रिकन्डिसन अटो व्यवसायी काठमाण्डौ उपत्यका बाहिरका ठूला शहरहरुमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरेकी छन् । व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीहरुलाई छलफलमा आउन पनि आग्रह गरेकी छन् ।
संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेता...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit