
चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ ।
नेपाली तथा भारतीय व्यावसायिक संघसंस्थाहरुको सहकार्यमा आयोजित एक्स्पोमा व्यापारसम्बन्धी विषयमा छलफल भइरहेको छ । शुक्रबारको उद्घाटन कार्यक्रममा आयोजना गरिएको नेपालमा लगानी तथा व्यापार वृद्धिसम्बन्धी छलफल सत्रमा द एसियन इन्स्टिटियुड अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफियर एआईडीआईएका सीईओ सुनील केसी प्रमुख वक्ताको रुपमा सहभागी थिए ।
यस्तै, कार्यक्रममा लगानी बोर्डका सीइयो सुशील भट्ट, नेपालका लागि पूर्व भारतीय राजदूत एम के भी राजन, इन्टरनेशनल अफियर कमिटिका उपप्रमुख प्रणव पोद्दार, कन्फेडेरेशन अफ नेपालीज् इन्ड्रस्ट्रिजका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, विश्लेषक विनोद बस्नेत र नेपालस्थित भारतीय दूतवासका सचिव अभिषेक उपाध्यायलगायतको उपस्थिति रहेकाे छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit