
नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।
सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा कामु गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताइन् ।
उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताए । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको ढुंगानाले दाबी गरिन् ।
उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिबी निवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन् ।
‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिसा अझै पनि गरिबीको रेखा मुनी रहेको छ । अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ । लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्दत गर्दै आएको छ । लघुवितले वित्तीय पहुँचबाट वञ्चित भएका समुदायलाई वित्तीय पँहुच पु¥याएर स्वरोजगार बनाएको छ । अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लुघुवितले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको छ । सधैभरी सहज परिस्थिती हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्य लिनु आवश्यक छ । निश्चय नै स्थिति सुधार हुन्छ,’ उनले भनिन् ।
उनले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको बताइन् । उनले लघुवितले गरिबी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit