Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै छैनः योगेश भट्टराई 

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् । 

 


बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् । 

 


उनले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने  क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाए । भट्टराईले सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको बताए ।

 

उनले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको बताए । उनले अबको ३ महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ? भनी अर्थमन्त्रीलाई प्रश्न गरे । 

 


उहाँले संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको बताए । अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे । भट्टराईले अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको तर अहिलको अर्थमन्त्रीे त्यसबारे केही बोल्न नसकेको आरोप लगाए । 

 


अर्थमन्त्री  समाजवादको गफ दिने र काम अर्को तिर गर्ने गरेको भट्टराईको आरोप छ । अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले बताए । 

 


उनले कोभिडका कारण धराशयी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै