Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

यति एयरलाइन्सका अध्यक्ष सोनामद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो शिखर आरोहण

यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनास्थित माउन्ट एकोन्काग्वाको आरोहण गरेका छन् । एक साताअघि २४ जनवरीमा उनले उक्त हिमालको आरोहण गरेका हुन् । 

 

देश र यति एयरलाइन्सको झन्डा बोकेर सोनाम शिखरमा पुगेका थिए । ६ वटा महादेशका ६ वटै अग्ला शिखरहरुको सफल आरोहण गरिसकेका सोनामले अब सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन् । 

 

माउन्ट एकोन्काग्वाको अमेरिकी महादेशको सबैभन्दा अग्लो चुचुरो मानिन्छ । यो चिली र अर्जेन्टिनाको सीमामा पर्छ ।
 

प्रतिक्रिया

112
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै