Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

थप इन्धन किन्न ऋण खाेज्नुपर्ने अवस्थामा छाैँ : आयल निगम 

नेपाल आयल निगमकाे केन्द्रीय कार्यालय

नेपाल आयाल निगमले अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै थप इन्धन किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।

 

 

निगमका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । निगमले आज विज्ञप्ति निकाल्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर्नुपरेको जनाएको हो ।

 

 

अब तेल किन्न ऋणसमेत लिनुपर्ने अवस्था आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा मूल्य समायोजन भइरहेको पनि निगमले जानकारी गराएको छ । त्यस्तै माघ महिनादेखि तेल किनेको रकम पनि भुक्तानी गर्न नसक्ने  अवस्थामा पुगेका निगमले बताएको छ ।

 

 

निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहको सञ्चिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्याई राखिएको रकमबाट इन्डियन आयल कर्पोरेसनलाई सम्झौताअनुरूप भुक्तानी गरेको जानकारी गराएको छ । अब निगमसँग सञ्चित बचत शून्यको अवस्थामा पुगेकोले इन्डियन आयल कर्पोरेसनलाई २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब दुई अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

यसबाहेक आइओसीको दुई अर्ब रुपैयाँ तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको निगमले बताएको छ । त्यस्तै, पुस मसान्तसम्म निगमले १९ अर्ब २६ करोड घाटा व्यहोरेको र भारतीय बजारको नयाँ मूल्य दरअनुसार यो घाटा थप बढेर २१ अर्ब ५० करोड पुग्ने अवस्था रहेको निगमले जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै