Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ । 

 

आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी छ । 

 

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । 

 

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

 

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै