
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताएका छन् ।
पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका हुन् । उनले सोही क्रममा काँधमा ठुलो जिम्मेवारी थपिएको पनि बताएका छन् ।
उनले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महशुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताएका छन् । उनले पार्टीलाई रुपान्तरण गर्न र सुदृढ बनाउन आफुले अझै पार्टीको नेतृत्व गर्नुपर्ने महशुस गरेको बताएका छन् ।
‘म आज फेरी एकचोटी अध्यक्ष पदको सपथ लिएर तपाईहरुका अगाडी उभिदाँ र यो मञ्चबाट आम नेपाली जनतालाई सम्बोधन गर्दै गर्दा मैले फेरी राष्ट्र र जनताप्रति म आभारी भएको महशुस गरेको छु र मलाई राष्ट्र र जनताको सेवा गर्ने फेरी एकचोटी ठुलो जिम्मेवारी आएको मैले महशुस गरेको छु । अनौठो लाग्छ यतिलामो समय यतिधेरै राजनीतिक घटनाक्रमहरु यतिधेरै उतारचढावहरु बाट गुज्रेर फेरीपनि सक्रिय नेतृत्वको भुमिकामा रहीरहँदा कहिलेकाहीँ लाग्छ मैले अब अलिकति भिन्न भुमिकामा जानुपर्ने बेला आएन र भन्ने पनि मलाई लाग्छ । तर देशको समग्र राजनीतिक परिस्थिति हेर्दा हाम्रो पार्टीको रुपान्तरणको ऐतिहासिक आवश्यकतालाई हेर्दा, देशलाई एउटा विन्दुमा लैजाने आवश्यकता, स्थिरताको एउटा बिन्दुमा, विकास र समृद्धिको प्रक्रियामा लैजाने आवश्यकता र यो पार्टीलाई अझ सुदृढ पार्टी बनाउने आवश्यकतालाई हेर्दा मैले अझ केही समय दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ । मैले सक्रिय नै हुनुपर्छ भन्ने बाध्यता रहेको महशुस मलाई हुने गर्छ । हुने गरिराखेकै छ’ उनले भने ।
उनले आफूबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताएका छन् । माओवादी आन्दोलन आफू बिनापनि जीवित रहने र शक्तिका साथ अगाडी बढ्ने उनले विश्वास व्यक्त गरेका छन् ।
‘कतिपयले भन्छन्, प्रचण्ड नहुने हो भने यो पार्टी के होला भनेर पनि भन्छन् । मैले भनेको छु यो प्रश्न गलत छ । प्रचण्ड नभए माओवादी पार्टी के हुन्छ भन्ने प्रश्न नै गलत छ । माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो । एउटा क्रान्तिकारी विचार हो । यसले इतिहासमा निकै ठुलो त्याग र बलिदानको आधारभुमि खडा गरेको छ । युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ । त्यसकारण प्रचण्ड नहुँदैमा या अर्को नहुदैमा माओवादी आन्दोलन सिद्धिने हुन सक्दैन । मैले पटक पटक भन्ने गरेको छु कार्ल मार्क्सले भनेको कुरा यदी कथम्काल कसैले यसलाई केही समय कमजोर बनायो भनेपनि इतिहासले त्यसलाई खोतलिराख्छ । ल्याइराख्छ । र माओवादी आन्दोलन सदा जीवित रहनेछ । शक्तिका साथ अगाडी आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहान्छु । माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत चिज होइन’ उनले भने ।
विष्टलाई दुई वर्षअघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit