
मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण भएको छ ।
सोमबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । यो संरचना अमेरिकी जनताहरूको सहयोगमा युएसएआइडी नेपालद्वारा पुनर्निर्माण गरिएको हो ।
काँकडा स्वास्थ्य चौकी युएसएआइडीद्वारा भूकम्प प्रभावित चार जिल्लामा पुनर्निर्माण
गरिएको ३६ शैक्षिक तथा स्वास्थ्य संस्थामध्ये एक हो ।
यी भूकम्प प्रतिरोधी, साधनसम्पन्न स्वास्थ्य संस्थाहरू तथा बालबालिका एवं अपाङ्गमैत्री विद्यालयले २ लाख ४०हजार भन्दा बढी अति पिछडिएका तथा बञ्चित समुदायका व्यक्तिलाई प्रत्यक्ष फाइदा पुग्नेछ । साथै स्थानीय तहमै शिक्षाको लागि सुरक्षित पहुँच र सुधारिएको स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्नेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit