
साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ ।
बिहीबार कारोबारको शुरुवातदेखि उचारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।
बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ४० लाख १७ हजार कित्ता शेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम समेत गिरावट आएको छ । बुधबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य उपसमूहको परिसूचक बढेको छ । भने बाँकी सबै उपसमूहको सूचक घटेको छ ।
बिहीबार नेप्से परिसूचक गिरावट आए पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड इदि मार्दीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा २२ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
в той день коли закінчиться війна коли закінчиться війна коли закінчиться війна в україні
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
в той день коли закінчиться війна коли закінчиться війна коли закінчиться війна в україні