
प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता भएको छ ।
जंगी अड्डामा मंगलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटले दुई देशबीचको सम्बन्धी अझ प्रगाढ बनाउने सेनाले अपेक्षा व्यक्त गरेको छ ।
‘यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit