Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

अफगानिस्तानबारे दुई दिवसीय शान्ति सम्मेलन पाकिस्तानमा हुँदै

पाकिस्तानको इस्लामावादमा अफगानिस्तानसम्बन्धी दुई दिवसीय शान्ति सम्मेलन शनिबारदेखि हुने भएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले अफगानिस्तानका प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान आइपुग्ने जनाएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । 

 

‘अफगानिस्तानमा शान्ति हुनु पाकिस्तानको हितमा छ । किनकि छिमेकी देशको सुरक्षा अवस्थाले हाम्रो सुरक्षामा पनि असर पर्छ,’ उनले भने, ‘अफगानिस्तानको सुरक्षा स्थिति बिगार्नका लागि कसैलाई पनि मौका दिनु हुँदैन ।’

 

चौधरीले पाकिस्तानमा दशकदेखि ३० लाखभन्दा बढी अफगानी शरणार्थीहरु रहेको र अब यो भन्दा धेरै शरणार्थी स्वीकार गर्नसक्ने अवस्था नरहेको जनाए । 

 

उनले क्षेत्रीय आर्थिक गतिविधि र सम्पर्क क्षेत्रलाई शान्ति र समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताए, जसको सिधा प्रभाव अफगानिस्तानको शान्तिसँग जोडिनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै